निर्वाचनसम्बन्धी ऐन ल्याउन सांसद गुरुङको माग


२५ श्रावण २०७९, बुधबार
dev gurung

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादीका सांसद देव गुरुङले तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग गरेका छन् ।
आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले निर्वाचनसम्बन्धी कार्यतालिकाका लागि तत्काल ऐन ल्याउनुपर्ने माग गरे ।

‘सरकारले मंसिर ४ गते संघ र प्रदेशसभा सदस्य निर्वाचनको घोषणा गरेको छ । प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भनेर संविधानको धारा ८५ (१) ले भनिको छ । सर्वोच्च अदालतको दुई /दुई पटकको आदेशले पाँच वर्ष घटाउन नपाउने भनिएको छ । यो मध्यावधि निर्वाचन पनि होइन । ७६ को ५ को सरकार विफल भएको पनि होइन,’ उनले भने, ‘त्यसकारण निर्वाचन कार्यतालिकासम्बन्धी विषयमा एउटा ऐन ल्याउन आवश्यक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७