महान्यायाधिवक्ता खातीलाई निलम्बन गर्नुपर्ने एमालेको माग


२५ श्रावण २०७९, बुधबार
mahesh basnet

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न माग गरेको छ । आज (बुधवार) को प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गरेका हुन् ।

उनले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी कामहरु गरेको आरोप लगाएका छन् । उनले भने, ‘नेपाल सरकारको महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्ने यस्ता विवादित, यस्ता फटाहा, यस्ता ठग, यस्ता अपराधी व्यक्तिहरु कुनै हालतमा राख्नुहुन्न र तत्काल प्रधानमन्त्रीले खम्बबहादुर खातीजीलाई निलम्बन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु । हार्दिक माग गर्न चाहन्छु ।’

सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भए पनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनर्स्थापना गर्ने सम्बन्धमा उदासीनता देखाएको बताएका छन् । उनले यस सम्बन्धमा सरकारले संसदमा आएर जवाफ दिनुपर्ने माग पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७