शपथसम्बन्धी विधेयक पारित


२५ श्रावण २०७९, बुधबार
samsad 2

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

सो विधेयकका सम्बन्धमा राष्ट्रियसभाले सन्देशसहित प्रतिनिधिसभामा पठाएको थियो । सांसदहरुले उठाएको जिज्ञासामा कानुनमन्त्री कोइरालाले सार्वजनिक पदधारण गर्ने व्यक्तिले म मुलुकको कानुनप्रति प्रतिबद्ध छु र त्यसलाई शत्प्रतिशत कार्यान्वयन गर्छु भन्ने स्वघोषणाका रुपमा शपथलाई लिइएको उल्लेख गरिएको बताए ।

उनले आफूले आफैलाई जिम्मेवार बनाउने दृष्टिकोणका साथ शपथको प्रचलन संसारभर नै चलेको र हाम्रोमा पनि सार्वजनिक पदधारण गरेका व्यक्तिलाई स्वअनुशासन र जिम्मेवार बनाउन खोजिएको उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७