कीर्तिपुरबाट लुटियो २९ तोला सुनका गहना लुटपाट


२५ श्रावण २०७९, बुधबार
lutpat yHhF1msTjc 1

काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका ज्येष्ठ नागरिकको घरमा प्रवेश गरेर लुटेरा समूहले सुनका गहना लुटेका छन् । गए राति १२ बजे घरमा छिरेर चार जनाको समूहले २९ तोला सुनका गहना लुटेका हुन् ।

घरमा तीन जना थिए । दुई जना कान नसुन्ने र एक जना घुँडाको अप्रेशन गरेर बसेका ज्येष्ठ नागरिक थिए । मुल ढोका फुटाएर घरमा प्रवेश गरेको समूहले २९ तोला सुन र एक लाख ५० हजार गहना लुटेर फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

लुटपाटमा संलग्नहरुबारे अनुसन्धान भइरहेको जानकारी दिंदै एसपी मैनालीले भने, ‘घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउँछौं ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ४ जनाको समुह घरमा प्रवेश गरेर लुटपाट गरी भागेको थाहा भएको छ । उनीहरुले सुनका गहना बाहेक एक लाख नगद लुटेर लगेका छन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत कीर्तिपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७