कतार विश्वकप निर्धारित समय भन्दा एक दिनअघि हुने


२५ श्रावण २०७९, बुधबार
world cup

काठमाडौं । फिफा विश्वकप २०२२ निर्धारित मिति भन्दा एक दिन अगाडि सुरु हुने भएको छ । नोभेम्बर २० तारिख आइतबार आयोजक कतारले इक्वेडरसँग खेल्दै विश्वकपको सुरु हुने बताइएको छ । यसअघि समूह ‘ए’ को उद्घाटन २१ नोभेम्बरमा हुने भनिएको थियो । साथै आयोजक कतार र इक्वेडरबीचको खेल प्रतियोगिताको तेस्रो खेलको रूपमा हुने तालिका थियो । प्रतियोगिताको उद्घाटन खेल सोमबार बिहान १०ः०० बजे नेदरल्याण्ड्स र सेनेगलबीच हुने तालिका थियो ।

तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रशासनिक शाखाले कतारको खेल सार्ने प्रस्ताव पेस गरेको छ । दक्षिण अमेरिकी कन्फेडेरेसनको अनुरोधमा फिफाले कतार र प्रतिद्वन्द्वी इक्वेडरसँग छलफल गरेको थियो । जसले गर्दा परम्परागत रूपमा उद्घाटन खेलमा आयोजक राष्ट्र तथा साबिक विजेताको खेल राख्ने प्रचलनसँग मेल पनि खानेछ ।

अन्तिम निणर्य फिफा काउन्सिल ब्यूरोले गर्नेछ । जसमा सबै महादेशका अध्यक्षहरू र फिफा अध्यक्ष जियानी इन्फान्टिनो हुनेछन् । यदि यो अपेक्षित रूपमा उक्त प्रस्ताव स्वीकृत भयो भने खेलाडी रिलिजको मिति परिवर्तन हुँदैन । तर, नेदरल्यान्ड्स र सेनेगलबीच सोमबार हुने खेलको समय भने परिवर्तन हुनेछ । सोमबार चार खेलको सट्टा केवल तीन खेल हुनेछन् । नोभेम्बर २१ मा दिउँसो १ बजे हुने भनिएको इरान र इङ्ल्यान्डबीचको खेल भने प्रभावित हुने छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७