बिहारको मुख्यमन्त्रीका रूपमा नितिशकुमारद्वारा आठौं पटक शपथ


२५ श्रावण २०७९, बुधबार
nitis

काठमाडौँ । बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा आज शपथ लिएका छन् । उनले मुख्यमन्त्रीको शपथ लिएको यो आठौं पटक हो ।

भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्तभएको भोलिपल्ट उनी पुनः मुख्यमन्त्रीमा पदासिन भएका छन् । सातदलीय महागठबन्धनको हिजोको बैठकले उनलाई नै उक्त पदका निम्ति चयन गरेको थियो । तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन् ।

राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिए । राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्व मुख्यमन्त्री राबडी देवीलगायत उपस्थित थिए ।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएम जस्ता साना दलले पनि समर्थन गरेका छन् । बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नितिशकुमारलाई एकसय ६४ जना विधायकको समर्थन छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७