तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री पौडेल


२५ श्रावण २०७९, बुधबार
Devendra Paudel

हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताएका छन् ।

मन्त्री पौडेलले आज हेटौडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा चुनावमा हारजित जसको भए पनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख लक्ष्य भएको बताउए ।

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य समेत रहेका उनले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोगमार्फत आवश्यक तयारी भइरहेको जानकारी दिए । निर्वाचन निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने उनको भनाइ थियो ।

मन्त्री पौडेलले स्थानीय तहको निर्वाचनको नतिजालाई समीक्षा गर्दै सङ्गठनात्मक र वैचारिकरुपमा नयाँपन ल्याएर निर्वाचनमा सहभागी हुने उल्लेख गरे । पौडेलले वामपन्थी पार्टीसँग एकता गरिने र समाजवादी केन्द्र बनाउने विषयमा समेत छलफल भइरहेको बताए । मन्त्री पौडेलले तीनै तहको सरकार स्थापित नहुञ्जेल गठबन्धन कायमै रहने प्रस्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७