कोशीटप्पु वन्यजन्तु आरक्षभित्र शिकार गरेको आरोपमा सात जना पक्राउ


२५ श्रावण २०७९, बुधबार
pakrau

उदयपुर । कोशीटप्पु वन्यजन्तु आरक्षमा चित्तलको शिकार गरेको आरोपमा नेपाली सेनाले सात जनालाई पक्राउ गरेको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले बुधबार श्रीलंका टप्पुस्थित भागलपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सेनाले उनीहरुको साथबाट ६३ किलो जनावरको मासु, दुई नाल भरुवा बन्दुक, एक प्याकेट टिका बारुद, चार वटा खुकुरी बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई बुझाइएको सेनाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७