परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता


२५ श्रावण २०७९, बुधबार
narayan khadka and wang yi tvKMSkAsWm

काठमाडौँ । चीनको अनौपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । चीनको साङदोङ प्रान्तको छङ्दाओ शहरमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको छ । काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा-छहरे सुरुङ मार्ग र काठमाडौ-केरुङ रेल मार्गको विषयमा चीनसँग छलफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै हिजो चीनको साङदोङ प्रान्तको छङ्दाओ शहर गएका हुन् ।
टोलीमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७