२०७९ साउन २६ गते बिहीबारको तपाईको राशिफल

साउन शुक्ल चतुर्दशी पञ्चाङ्गः आयुष्मान वणिज उत्तरषाढा , पूर्णिमा व्रत


२६ श्रावण २०७९, बिहीबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्ने छ, तर सौन्दर्यतामा धन खर्च हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढाउने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यवसायमा सफलता पनि मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अधुरा र रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धार्मिक कार्यमा रुचि बढ्ने छ । शेयर बजारको लगानी र कारोबारमा सफलता मिल्ने छ, तर यात्रामा मालसामान हराउन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज काम बिगार्ने तथा तपाईंको नकारात्मक सोच्नेहरू सक्रिय हुनेछन् । आम्दानी हुने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सक्नेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७