अभिनेता श्रीकृष्ण श्रेष्ठ निधन भएको आठ वर्ष पुरा


२६ श्रावण २०७९, बिहीबार
shreekrishna shreshtha

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा विवादरहित र उँचो छवि बनाएका कलाकार थिए- श्रीकृष्ण श्रेष्ठ । उनले आफ्नो जीवनकालमा थुप्रै हिट फिल्म दिए । उनको २०७१ साउमा निधन भयो । उनको निधन भएको साउन २५ मा आठ वर्ष पूरा भएको छ ।

श्रेष्ठको दिल्लीको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ४५ वर्षका श्रेष्ठले बोन क्यान्सरका कारण मृत्युवरण गर्नुपर्‍यो । उनको मृत्युताका उनले नै निर्माण गरेको फिल्म ‘कोहिनुर’ प्रदर्शन भएको थियो । श्रेष्ठको निधनको आठ वर्ष बितिसक्दा पनि उद्योगका मानिसले उनलाई उसैगरी सम्झना गर्ने गरेका छन् । फिल्म उद्योगमा मिलनसार अभिनेताका रुपमा चिनिने श्रेष्ठले थुप्रै पारिवारिक फिल्ममा अभिनय गरेका छन् ।

उनले अभिनय गरेका अधिकांश फिल्मले ५१ दिन मनाएका छन् । कति फिल्म १०० दिनसम्म चलेका रेकर्ड उद्योगमा छन् । उनले अभिनय गरेका ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘ए मेरो हजुर’, ‘हामी तीन भाइ’, ‘कहाँ भेटिएला’, ‘सुख-दुःख’ लगायतका थुप्रै फिल्म बक्स अफिसमा हिट भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७