जम्मु-कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीच भिडन्त, पाँच जनाको मृत्यु


२६ श्रावण २०७९, बिहीबार
jammu kashmir flBbtSR01w

काठमाडौँ । जम्मु कस्मिरको राजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको शिविर नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ ।

सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई चरमपन्थीको पनि मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जम्मुका अतिरिक्त प्रहरी महानिदेशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई चरमपन्थीको मृत्यु भएको पुष्टि गरेका छन् ।

मुकेश सिंहले आफ्नो बयानमा दारहाल प्रहरी चौकीबाट करिब ६ किलोमिटर टाढा रहेको सेनाको क्याम्प रहेको बताए । घटनास्थलमा थप सुरक्षा बल पठाइएको छ र खोजी अभियान जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७