कमेडियन राजु श्रीवस्तावको भेन्टिलेटरमा उपचार हुँदै, अवस्था नाजुक


२६ श्रावण २०७९, बिहीबार
raju shrivastava 1660119016 LEz4trpI11

नयाँदिल्ली । कमेडियन राजु श्रीवास्तवको अवस्था चिन्ताजनक रहेको छ । दिल्लीको एम्स अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।

राजुका पीआरओ गर्वित नारंगले भने, ‘साँझ डाक्टरहरूले उनको एन्जोप्लास्टी गरेका छन् । तर उनको मष्तिष्कले प्रतिक्रिया दिइरहेको छैन । २३ घण्टाभन्दा बढी समय भइसकेको छ । पल्स ६०-६५ को बीचमा रहेको छ ।’ डाक्टरहरूका अनुसार राजुको मुटुको एक ठूलो हिस्सामा १०० प्रतिशत ब्लकेज रहेको थियो ।

राजुको नजिक रहेका मकबूल निसारका अनुसार उनी बिहान होटलको जीममा व्यायाम गरिरहेका थिए । ट्रेडमिलमा कुद्दै गर्दा उनको मुटुमा पीडा भएको थियो । उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो ।

राजु पार्टीका केही नेतालाई भेट्न दिल्ली पुगेका थिए । राजु २०१४ मा बीजेपीमा आबद्ध भएका थिए । मकबुलका अनुसार राजुको अवस्था अहिले स्थिर रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७