काठमाडौं उपत्यकामा एकै दिन २,७४१ सवारी चालकमाथि कारवाही


२६ श्रावण २०७९, बिहीबार
traffic
फाइल फोटो

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन दुई हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादप पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेज देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् । बाँकी दुई हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७