दुईको डुबेर मृत्यु, दुई जना मृत्त फेला


२६ श्रावण २०७९, बिहीबार
death

सर्लाही । सर्लाही र बारामा डुबेर दुई जनाको मृत्यु भएको छ । सर्लाहीको मलंगवा नगरपालिका-५ भाँडसरस्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ माईती घर बस्दै आएकी २१ वर्षीया अर्चना यादवको बुधबार दिउँसो मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका-१२ धर्म नगरस्थित नहरको पानीमा डुबेर भारत विहार मोतिहारी अरेराज बस्ने लिला देवीकी छोरी १८ महिनाकी सुरजीकुमारी मलिकको बुधबार मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि एनएमसी अस्पताल वीरगन्जतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुई जना मृत फेला
यस्तै कैलाली र धादिङमा दुई जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-१३ श्रीलंकास्थित सडक छेउमा गोदावरी नगरपालिका-५ बस्ने ५५ वर्षीय केशब बिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङको शिद्धलेक गाउँपालिका-४ कुईनेटारस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७