नेपालले एक वर्षमा लियो दुई खर्ब ३७ अर्ब आर्थिक सहायता


२६ श्रावण २०७९, बिहीबार
Aartha mantralaya

काठमाडौं । नेपालले एक वर्षको अवधिमा दुई खर्ब ३७ अर्ब रुपैयाँ आर्थिक सहायता लिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालले ९३ अर्ब ३० करोड रुपैयाँ अनुदान सहयोग र एक खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता लिएको हो ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै नेपालले ८३ अर्ब ८४ करोड अनुदान र २८ अर्ब ऋण सहायता लिएको हो । जसअनुसार अन्तिम त्रैमासिकमा मात्रै १ खर्ब ११ अर्ब ८४ करोड रुपैयाँ वैदेशिक सहायता लिएको अर्थ मन्त्रायले जनाएको छ ।
गत आवमा २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा २ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ परिचालन भएको देखिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७