च्यासलमा एमाले सचिवालय बैठक शुरु


२६ श्रावण २०७९, बिहीबार
amale 1

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक शुरु भएको हो ।

मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रणनीति बनाउनका लागि एमालेले केन्द्रीय सचिवालयको बैठक बसेको हो ।

समसामयिक, राजनीतिक र आगामी निर्वाचनमा केन्द्रीत रहेर बैठकमा छलफल हुने अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै दलहरु आ-आफ्नो तयारीमा जुटेका छन् । सत्तारुढ गठबन्धनसँग एमाले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७