पासाङल्हामु राजमार्गमा पहिरो, वैकल्पिक मार्ग प्रयोग


२६ श्रावण २०७९, बिहीबार
pahiro baglung
फाइल फोटो

रसुवा । पहिरोका कारण रसुवा खण्डको पासाङल्हामु मार्ग क्षति भएपछि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । माझगाउँ- बनुवा घुम्ती खण्डमा मङ्गलबार राति गएको पहिराले उक्त मार्ग क्षति बनाएपछि आमभञ्ज्याङ सिम्ले, तारूके हुँदै तल्लो धारापानी क्षेत्रबाट यातायात चालुु गराइएको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बनुवा खण्डको पासाङल्हामु मार्ग क्षतिग्रस्त स्थान पुनःनिर्माण गराउन धेरै समय लाग्ने प्राविधिक सुझाव आएकाले तारूकेतर्फको ग्रामीण सडक प्रयोग गराइएको हो । आम भञ्ज्याङदेखि पालेको वन, सिम्ले तारूके हुँदै धारापानी पुगेर पुनः पासाङल्हामु मार्गमा जोडिने सो ग्रामीण सडक साँघुरो भएकाले जीप, कार, मोटरसाइकलजस्ता स-साना सवारीसाधन मात्र गुढाउन सवारी चालकलाई अनुरोध गरिएको छ ।

गोसाइँकुण्डका यात्रुलाईसमेत सोही ग्रामीण सडकबाट ओहरदोहर गराइ धार्मिकयात्रा सफल गराइएको बताइएको छ ।बोगटीटार नजिक पालेको वन सालघारी मोडबाट पासाङल्हामु मार्ग छोडी पूर्वतर्फको सिम्ले- भोर्ले सडकलाई पच्छ्याई सिम्ले गाउँ, डौडरेखोला, साँधिखोला, थुम्को, बेलचौर तारूके, कदमघारीहुँदै पुनः पासाङल्हामु मार्गमा जोडिने बताइएको छ । पासाङल्हामु मार्गको बनुवा खण्डमा पहिराले सडक क्षति बनाएपछि चीनबाट आयात भएका मालसामानको ढुवानी रोकिएका छन् ।

चीनसँगको व्यापार व्यवसाय अभिवृद्वि गर्ने उत्तरी रसुवागढी नाकाबाट हुने कारोबारमा सहजताको लागि तत्काल सडक मार्ग सञ्चालन गराउन प्रजिअ जैसीले सडक डिभिजन कार्यालयका प्रविधिकलाई आग्रह गरिससकेका छन् । डाईभर्सन गर्ने स्थान नभएका कारण सो पहिरो गएको स्थानमा ग्याबिन पर्खाल निर्माण गर्न कम्तीमा एक महिना लाग्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७