लोसपा निर्वाचन आयोगमा २० औं नम्बरमा दर्ता


२६ श्रावण २०७९, बिहीबार
losaa

काठमाडौंँ । मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निर्वाचन आयोगमा दर्ता गरिएको छ ।

लोसपाका नेता केशव झाले निर्वाचन प्रयोजनका निम्ति लोसपा नेपालले आयोगमा दल दर्ता गरेको जानकारी दिएका छन् । उनका अनुसार लोसपाको मुल दर्ता नम्बर ४९५ रहेको छ । संघीय र प्रदेशसभा निर्वाचनका लागि लोसपाको दर्ता नम्बर २० रहेको छ ।
आयोगले साउन २२ गतेदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता सुरु गरेको हो । संविधानको धारा २७१ बमोजिम साउन ३१ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नु पर्दछ ।

दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७