आजसम्म मेराविरुद्ध कुनै मुद्दा छैन, रहे अघिल्लो जन्मको समेत तिर्छु : रवि लामिछाने


२६ श्रावण २०७९, बिहीबार
rabi 1

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजको मितिसम्म आफूविरुद्ध कुनै मुद्दा र लेनदेनको विषय बाँकी नभएको दावी गरेका छन् ।

सामाजिक सञ्जालमा रवि लामिछानेविरूद्ध धेरै मुद्दाहरू बाँकी रहेको अमेरिकामा हुँदा लेनदेनको विषयहरू पनि यथावत् नै रहेका आरोपहरूको खण्डन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् । उनले अमेरिकाको नागरिकको नागरिकता समेत लिएको आरोप उनलाई लाग्ने गरेको छ ।

उनले सामाजिक सञ्जालमा थुप्रै आरोपको खण्डन गर्दै लेखेका छन्, ‘अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन । मैले सबै तिरोतारो सकिसकेंको छु । न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ती नै छ । प्रक्रिया त सबैले पूरा गर्नु पर्छ । ‘ओपन’ लेखिएको एउटा केसमा तिर्नु पर्दैन भनेर वादीले नै फिर्ता गरेको ’डिसमिस’ लेखेकै छ । यी सबै मेरो व्यवशायसँग सम्बन्धित क्रेडिटर र भेन्डरसँगका विषय हुन् ।’

उनले आफूसँग सम्बन्धित विषयमा भागेको, लुकेको, ठगेको केही पनि नभएको बताउँदै नियतवश ब्यक्तिगत लेनदेन समेत गरि कसैलाई केही तिर्नु पर्ने बाँकी नराखेको बताएका छन् । उनले लेखेका छन्, ‘फेरि निकै वर्ष भयो । मैले त भुली पनि सकें तर मलाई सम्झेर यति पुरानो कुरा खोजेर यो जानकारी उपलब्ध गराउने शुभ चिन्तकहरु प्रति आभारी छु । यो दुनियाँमा आजका मितिसम्म मेराविरुद्ध कुनै मुद्दा भएको मलाई जानकारी छैन । थाहा पाएं भने अघिल्लो जन्मको समेत तिर्छु । शुभ चिन्तक हुन् त मेरा जस्ता जो संसार भुलेर मेरो चिन्ता गर्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७