शेयर बजारमा दोहोरो अंकको गिरावट, एक अर्ब ७६ करोडको कारोबार


२६ श्रावण २०७९, बिहीबार
share market गिरावट

काठमाडौं । शेयर बजारमा आज (बिहीबार) दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा झर्दा ठूला कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले घटेर ३९१.६६ विन्दुमा आइपुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । २२३ कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७६ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

म्युचल फन्डबाहेकका सबै उपसूचक यसदिन घटेका छन् । म्युचल फन्ड भने ०.०७ अंकले बढ्दा अन्य उत्पादन तथा प्रशोधन समूह ८२, निर्जीवन बीमा ७०, जीवन बीमा ६७, होटल तथा पर्यटन ५० अंकले घटेका छन् ।

यसदिन हिमालयन हाइड्रोपावर लिमिटेड र माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए । कारोबार भने सबैभन्दा बढी शिवम् सिमेन्टको ७ करोड २७ लाख र हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख रुपैयाँको भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७