बालुवाटारमा सत्ता गठबन्धनमा सिट फाँडफाँट गर्न बनेको कार्यदलको बैठक शुरु


२६ श्रावण २०७९, बिहीबार
gathabandan karyadal

काठमाडौ । सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गर्ने भएका छन् ।

कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला तोकिएका छन् । ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट सिटौला, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७