कोरोनाबाट एकै दिन पाँचको मृत्यु, थप ८१५ जनामा संक्रमण


२६ श्रावण २०७९, बिहीबार
korona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट पाँच जनाको ज्या गएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप ८१५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ४७६ जना सङ्क्रमणमुक्त भएका छन् भने ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७