‘‘ए’ डिभिजन लिग फुटबल पुस ८ देखि हुने


२६ श्रावण २०७९, बिहीबार
football
सांकेतिक तस्वीर

काठमाडौँ । ‘ए’ डिभिजन लिग फुटबल पुस दोस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको दोस्रो बैठकले ‘ए’ डिभिजन लिगको मिति तोकेको हो । बैठक अहिले पनि जारी छ ।

‘ए’ डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म आयोजना गर्नका लागि मिति तोकिएको एन्फाका एक सदस्यले जानकारी दिएका छन् ।
यस्तै सी डिभिजन लिग असोज १ देखि ३० गतेसम्म गर्ने निणर्य गरेको छ । आजै बसेको बैठकले बी र सी डिभिजन लिगको पनि मिति तय गरेको छ । बैठकले बी डिभिजन लिग चैत ८ देखि वैशाख १५ र सी डिभिजन लिग वैशाख १८ देखि जेठ २७ गतेसम्म गर्ने निणर्य गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७