न्याय परिषद्को कार्यालयमा तोडफोड, नुरप्रसाद अधिकारी पक्राउ


२६ श्रावण २०७९, बिहीबार
nyaya parisad secretariat tYoDRCPhVb

काठमाडौं । न्याय परिषद्को कार्यालयमा तोडफोड भएको छ । सर्वोच्च अदालत परिसरमा रहेको परिषद्मा गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले तोडफोड गरेका छन् ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीकाअनुसार अधिकारीले परिषद्को मुद्दा शाखामा तोडफोड गरेका छन् । साथै न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको कार्यकक्षको ढोकामा समेत फोडेर उनी भित्र पसेका थिए । अधिकारीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७