विवाह गरेको भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरित : कमल थापा


२६ श्रावण २०७९, बिहीबार
Kamal Thapa 4

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रपहित विपरित रहेको बताएका छन् ।

‘संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादस्पद छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रहित विपरित र आपत्तिजनक छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन सम्बन्धी विधेयक पुनर्विचारको लागि फिर्ता पठाउनु देशको लागि हित हुने समेत उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७