राजापाक्षलाई थाइल्याण्डमा बस्न अस्थायी अनुमति


२६ श्रावण २०७९, बिहीबार
Gotabaya Rajapaksa

काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्षलाई थाइल्याण्डले कुनै समस्या नपुर्‍याउने शर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रूपमा थाइल्याण्डमा बस्न अनुमति दिएको छ । ‘श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डमा स्थायी शरण खोज्न अस्थायी रूपमा बस्नेछन्,’ थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले भने ।

कोलम्बो गजेट र थाइल्याण्ड सञ्चारमाध्यमले चान-ओ-चालाई उद्धृत गरी लेखेको छ, ‘यो मानवीय मुद्दा हो । हामीले यो अस्थायी बसाइ हो भनेर प्रतिज्ञा गरेका छौँ । कुनै पनि राजनीतिक गतिविधिलाई अनुमति दिइएको छैन र यसले उनलाई शरण लिनको लागि एक देश खोज्न मद्दत गर्दछ ।’

थाइल्याण्डका विदेशमन्त्री डन प्रमुदविनाईले अपदस्थ राष्ट्रपति अझै पनि कूटनीतिक राहदानीधारी भएकाले ९० दिन थाइल्याण्डमा बस्न सक्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७