प्रभु लाईफको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न


२६ श्रावण २०७९, बिहीबार
IMG 0272

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको छ । विजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन् । क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका संचालक समिति अध्यक्ष सुभाष अमात्य गरेका थिए ।

कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यवसायिक रणनीति तथा अवलम्वन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

उक्त सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । पहिलो चरण, विजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ठ कार्यसम्पदान गर्ने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट व्यवसाय गर्ने सिईयो क्लव तथा चेयरम्यान क्लव दर्जाका अभिकर्ताहरुलाई सम्मान गरेका थिए । कम्पनीको चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरुलाई संचालक समिति अध्यक्ष सुभाष अमात्यले र सिइओ क्लबमा पर्न सफल अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मान तथा बिभिन्न पुरस्कारहरु प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु लाईफका संचालक समिति अध्यक्ष सुभाष अमात्यले छोटो समयमा प्राप्त सफलताहरुले हाम्रो आगामी यात्राको लक्ष्य निर्धारण गर्ने छ भनि शुभकामना व्यक्त गरेका छन् । त्यस्तै सम्बोधनकै क्रममा प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हामी सबैको अथक मिहेनत एवं प्रयासले गत आर्थिक वर्ष २०७८र७९ को लक्ष्य चुम्न सफल भएकोमा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । उनले भने ‘दृढ संकल्प र मिहेनतले नै यो उचाइमा पुग्न सफल भएका हौं भने आगामी दिनमा यो उचाइको बृद्धिदरलाई कायम राख्ने छौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७