क्वाँटी स्वास्थ्यका लागि फाइदाजनक


२७ श्रावण २०७९, शुक्रबार
qwanti photo

काठमाडौँ । धार्मिक मान्यता अनुसार जनै पूर्णिमामा व्रतबन्ध गरेकाहरुले जनै फेर्ने र क्वाँटी खाने प्रचलन छ । क्वाँटी नौथरी गेडागुडीको मिश्रणबाट तयार पारिन्छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउको मिश्रण नै क्वाँटी हो ।

वर्षाको मौसममा खेती किसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व छ । क्वाँटीबाट शक्ति र स्वाद दुबै पाइन्छ । फरक-फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिबद्र्धक पौष्टिक आहारका रुपमा लिइन्छ ।

यसमा भिटामिन ‘बि’ को सबैजसो प्रकारकाहरु पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुने भएकाले धेरै प्रकारका रोगीलाई फाइदाजनक हुन्छ ।

यस्ता छन् क्वाटीको फाइदा

  • टुसा पलाएका गेडागुडीमा रेसाको मात्रा बढी हुन्छ जसले कब्जियतमा फाइदा गर्छ ।
  • यसले मधुमेह तथा पायल्स भएका मानिसहरुलाई समेत फाइदा पुर्‍याउँछ ।
  • यसले बूढो हुने गतिलाई मन्द पार्नुका साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
  • क्वाँटीले तुरुन्त प्रयोग हुन सक्ने शरिरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
  • यसले शरिरको थकाई कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
  • टुसाएका गेडागुडीमा भिटामिन ए, बी,सी, इ तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ ।
  • क्वाँटी खाँदा रक्तसंचार र स्नायू प्रणालीलाई पनि धेरै फाइदा पुग्दछ ।
  • क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
  • मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
  • रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
  • टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ ।
  • क्वाँटी खादाँ ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट छुटकारा मिल्छ ।
  • गेडागुडीमा हुने पौष्टिक तत्वले सौन्दर्यमा पनि निखार ल्याउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७