अफगानिस्तानसँगको दोस्रो टी-२० क्रिकेटमा पनि आयरल्याण्ड विजयी


२७ श्रावण २०७९, शुक्रबार
ireland e6FObUH4wT

काठमाडौँ । अफगानिस्तानसँगको दोस्रो टी-२० क्रिकेट पनि आयरल्याण्डले जितेको छ । गए राति भएको खेलमा आयरल्याण्ड ५ विकेटले विजयी भएको हो ।

जितका लागि अफगानिस्तानले दिएको १२३ रनको लक्ष्य आयरल्याण्डले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर १२५ रन जोड्दै भेट्टायो । आयरल्याण्डका लागि कप्तान एण्डी बालबिर्नीले सर्वाधिक ४६ रन जोडे । यस्तै, लार्कन टकिरले २७, जर्ज डकरेलले २५ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबीले २ विकेट लिए भने मुजिब उर रहमान, फाजलहक फारुकी र नभिन उल हकले एक/एक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि हशमातुल्लाह शहिदीले ३६, इब्राहिम जार्दनले १७ र अजमुताल्लाह ओमरजाइले ११ रन जोडे । आयरल्याण्डका जोश लिटल, मार्क एदैर, करटिस् क्याफर र ग्रेथ डिलानेले २-२ विकेट लिए । पहिलो खेलमा पनि आयरल्यान्ड ७ विकेटले विजयी भएको थियो । यी दुईबीचको तेस्रो खेल आज हुँदैछ । ५ खेलको टी-२० शृङ्खला खेल्न अफगानिस्तान आयरल्याण्डको भ्रमणमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७