मामाघर आएका किशोरको पोखरीमा डुबेर मृत्यु


२७ श्रावण २०७९, शुक्रबार
dubera
सांकेतिक तस्वीर

पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउँपालिका-१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति एक जनाको मृत्यु भएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिका-३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो ।

मामाघर नजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए । बेहोस भएका रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो । जिल्ला अस्पताल तानसेनमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७