दुई सवारी दुर्घटनामा दुईको मृत्यु


२७ श्रावण २०७९, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

चितवन । चितवन र कपिलवस्तुमा भएको छुट्टछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । चितवनको राप्ती नगरपालिका-६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ८२ वर्षीया फुलमाया राई रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्यारीढापबाट भण्डारातर्फ आँउदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
यस्तै कपिलवस्तुको मायादेवी गाँउपालिका-१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका-३ करुवानीका ४० वर्षीय उमा शंकर यादव रहेका छन् ।

city

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा राति पौने १२ बजे यादवको मृत्यु भएको हो । भैरहवाबाट तौलिहवा तर्फ जाँदै गरेको लु १ ख ४५१६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यादवले चलाएको लु ७६ प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । हिजो बेलुकी ८ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७