करेन्ट लागेर बिद्युत प्राधिकरणका कर्मचारी मृत्यु


२७ श्रावण २०७९, शुक्रबार
Capture

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका-२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

आज (शुक्रबार) बडिमालिका नगरपालिका-८ का भक्त रावललाई करेन्ट लागेर थियो । शुक्रबार बिहान नेविप्रा राष्ट्रिय प्रशासरण केन्द्रअन्तर्गत बल्देस्थित ११ केभिए लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर रावल गम्भीर घाइते भएका थिए ।

घाइते रावलको उपचारका लागि तत्काल बयालपाटा अस्पाताल लगिएको उनका आफन्त अके रावलले बताए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि एम्बुलेनसमार्फत कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको मृतकका आफन्त रावलले बताए । रावल नेपाल बिद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रमा कार्यरत कर्मचारी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७