समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री


२७ श्रावण २०७९, शुक्रबार
deuwa 1 scaled
फाइल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिका हुने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले पनि युवा उद्यमशीलतालाई प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तरपुस्ता सीप हस्तान्तरको चुनौती रहे पनि त्यसलाई अवसरका रूपमा लिँदै अघि बढ्नुपर्ने बताएका छन् । त्यस्तै उनले युवाहरूलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशकै माटोमा जीविकोपार्जनको अवसर दिनुपर्ने उनले बताए । त्यस्तै अन्तर्राष्ट्रिय युवा दिवस जस्ता कार्यक्रमले समतामूलक शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुग्ने पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७