लुम्बिनीमा सत्ता गठबन्धनलाई अझै मजबुद बनाइने


२७ श्रावण २०७९, शुक्रबार
Gathbandhan Top five leader of nepal

रुपन्देही । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद बनाउन पाँच दलीय गठबन्धन दल सहमत भएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालय बुटवलको तामनगरमा आज बसेको सत्ता साझेदार दलको बैठकले आगामी निर्वाचनमा साझा उम्मेदवार तयार गर्नका लागि आ-आफ्नो पार्टीका तर्फबाट विस्तृत रिपोर्ट तयार गरी छलफल गर्ने निणर्य गरेको हो ।

बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै विभिन्न कमी कमजोरीका बाबजुद गठबन्धन सफल भएको निष्कर्ष पनि निकालेको नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः क्रियाशील बनाइ बैठक र अन्तक्र्रिया अगाडि बढाउने निणर्य पनि आजको सो बैठकमा गरिएको छ ।

गठबन्धन दलको केन्द्रबाट आउने निणर्य र निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति पुनसहित नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जसपाका प्रदेश अध्यक्ष अशोक यादव सहभागी भएका थिए । बैठकमा राष्ट्रिय जनमोर्चा भने सहभागी थिएन ।

सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा सत्ता गठबन्धन सहितका विभिन्न दल तयारीमा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७