गर्भवती श्रीमतीको घाँटी चिथेर हत्या गरेको आरोपमा पक्राउ


२७ श्रावण २०७९, शुक्रबार
Dinesh Prasad yadav Parsa

पर्सा । गर्भवती श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका-२३ ईटियाहीका दिनेशप्रसाद यादव छन् । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए ।

उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान ४ बजे वडा प्रहरी कार्यालय श्रीपुरमा सूचना आएको र त्यसपछि श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको प्रहरीले जनाएको छ ।

मृतकको शव जाँच प्रकृति मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको छ ।
पक्राउ परेका यादवले आफ्नो श्रीमती अरुसँग लागेको बयान दिएका छन् । यता मृत्तकका माइती पक्षले भने प्रतिमाकुमारी पाँच महिनाको गर्भवती रहेको जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७