मलेसियामा एकै दिन ४,८३१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु


२७ श्रावण २०७९, शुक्रबार
korona 1

काठमाडौँ । मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको ज्यान पनि गएको छ । यहाँ भेटिएका पछिल्लो दिनका यी सङ्क्रमितहरू प्राय सबैजसो देशभित्रैका रहेका छन् ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ । त्यसैगरी सो मन्त्रालयले यहाँ अहिलेसम्म ४७ लाख भन्दा बढीमा सो सङ्क्रमण पाइएको पनि जनाएको छ ।

मलेसियाली सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरूमा मृत्यु दर भने निकै कम रहेको पनि बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७