थप ७८१ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु


२७ श्रावण २०७९, शुक्रबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ४,७१२ नमूना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२९० र एन्टिजेनबाट २४२२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४१९ र एन्टिजेनबाट ३६२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

आज कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ५११ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ५,७७५ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७