अघिल्लो नेतृत्वलाई गाली गर्न हुँदैन : मन्त्री गहतराज


२७ श्रावण २०७९, शुक्रबार

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन् ।

आज (शुक्रबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा आएको बताएका हुन् । उनले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनका लागि रगत बगाउनुपर्ने अवस्था नभएको बताए । अब युवाको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्ध बनाउनु रहेको बताए ।

उनले भने, ‘देशलाई सुखी र समृद्धि विकासको गतितिर दिशा दिने नयाँ अभिभारा युवाको काँधमा छ । असल नियतका साथ देशलाई विश्वसामु समृद्ध राष्ट्रका रूपमा अगाडि बढाउनुपर्ने दायित्व हाम्रो अगाडि छ ।’

मन्त्री गहतराजले युवाले देशलाई समृद्ध बनाउने अभिभारा बोक्नुपर्ने र अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताए । अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्व गर्दै युवाले समृद्धको चरण पार गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७