आत्मघाती विष्फोटमा तालिबानी नेताको मृत्यु


२७ श्रावण २०७९, शुक्रबार
Talibani leader

काबुल । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विष्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको ज्यान गएको छ ।

राजधानीमा भएको विष्फोटमा हक्कानी मारिएको टोलो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विष्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल-ए-सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विष्फोटहरू भएका छन् ।

अगस्ट ६ मा काबुलको पश्चिममा पर्ने पुल-ए-सोख्ता क्षेत्र नजिक भएको विष्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए । अफगानिस्तानमा भर्खरै भएको विष्फोटको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । यसमा परी १२० भन्दा बढी व्यक्ति मृत्यु र घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७