महाकाली नदीमा दुई किशोरी बेपत्ता


२७ श्रावण २०७९, शुक्रबार
mahakali bloced

बैतडी । बैतडीस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर दुई किशोरी बेपत्ता भएका छन् । नदीमा नुहाउन गएका दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया कविता टमाटा र सोही ठाउँकी १४ वर्षीया संगीता टमाटा बगेर बेपत्ता भएका हुन् ।

आज (शुक्रबार) दिउँसो करिब २ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा उनीहरु बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् । सँगै गएकी अर्की किशोरीले घटनाबारे बताएपछि प्रहरी खोजी कार्यमा लागेको छ । ‘साँझ ७ बजे मात्र जानकारी पायौँ, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजीमा जुटेको छ,’ प्रहरी निरीक्षक जोशीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७