२०७९ साउन २८ गते शनिबारको तपाईको राशिफल

भदौ कृष्ण द्वितीया पञ्चाङ्ग : शोभन तैतल शतभिषा, रोपाईं जात्रा


२८ श्रावण २०७९, शनिबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउने छ । मन अध्यात्मतर्फ आकर्षित बन्ने छ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढाउने छ । दैनिक कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यवसायमा पनि सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ बन्धुबान्धवबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग पनि रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा कमी आउन सक्छ भने एकोहोरो माया प्रेमले सताउने छ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्ने छ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिने छ, तर खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रोकिए काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोट पटकको भय छ सचेत रहनुहोला ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७