विश्वविख्यात लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा छुरा प्रहार


२८ श्रावण २०७९, शनिबार
Salman Rusdi 1660321589

न्यूयोर्क । विश्वविख्यात लेखक सलमान रुस्दीलाई अमेरिकास्थित न्यूयोर्क राज्यमा आयोजित एक कार्यक्रममा स्टेजमा हमला गरिएको एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।

लेखक रुस्दीलाई शुक्रबार बिहान पश्चिमी न्यूयोर्कमा प्रवचन दिने क्रममा आक्रमण भएको हो । उनलाई सन् १९८० को दशकमा इरानबाट ज्यान मार्ने धम्की आएको थियो ।

Salman Rusdi pic1660321853 1

एपीका सम्वादाताकाअनुसार एक जनाले चौताउवा इन्स्टिच्युटमा स्टेजमा आएर रुस्दीलाई मुक्का वा छुरा प्रहार गरेका थिए । त्यसपछि लेखकलाई लडाइएको वा भुइँमा ढलेका थिए । तस्बिरहरूमा रुस्दी उत्तानो परेर लडेको देखिन्छ भने पहिलो प्रतिक्रियाकर्ता उनीमाथि झुकेको देखिन्छ ।

रुस्दीको पुस्तक द सैटानिक भर्सेसलाई इरानमा सन् १९८८ देखि प्रतिबन्ध लगाइएको छ । धेरै मुस्लिमहरूले उक्त पुस्तकलाई आफ्नो ईश्वरप्रति निन्दा गरेको ठान्छन् । एक वर्ष पछि इरानका दिवंगत नेता अयातुल्ला रुहोल्लाह खोमेनीले रुस्दीको मृत्युको लागि आह्वान गर्दै फतवा वा आदेश जारी गरेका थिए । यस्तै, रुस्दीको हत्या गर्ने जो कोहीलाई पनि ३० मिलियन डलरभन्दा बढीको पुरस्कार प्रस्ताव गरिएको थियो ।

यता इरानको सरकारले लामो समयदेखि खोमेनीको आदेशबाट आफूलाई टाढा राख्दै आएको छ । तर, रुस्दी विरोधी भावना भने कायमै रहेको बेलायती अखबार द गार्जियनले टिप्पणी गरेको छ । स्रोत ः द गार्जियन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७