युरोपमा खडेरी, सुक्न थाले नदीहरू


२८ श्रावण २०७९, शनिबार
Guadiana River 20220813061030

फ्रान्स । कुनै समय बाह्रै महिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रुखहरूको पंक्तिको बीचमा बतास चल्ने फराकिलो खाडल छ । यहाँ सुक्खा बालुवा, धूलो र हजारौं मरेका माछाहरूको अवशेष देखिन्छ ।

लामो खडेरीले युरोपेली महाद्वीपको लगभग आधा भागलाई प्रभावित पार्दा स्पेनमा सुक्खा र फुटेका जलाशयहरूदेखि डेन्युब, राइन र पोजस्ता प्रमुख सहायक नदीहरूमा पानीको स्तर घट्दै गएको छ । यसले कृषि अर्थतन्त्रलाई क्षति पुर्‍याइरहेको छ, पानीमा अभाव भएको छ, डँढेलो लागेको छ र जलचर प्रजातिहरूलाई खतरामा पारिरहेको छ ।

पश्चिमी, मध्य र दक्षिणी युरोपमा करिब दुई महिनादेखि उल्लेखनीय वर्षा भएको छैन । खडेरी अझै जारी रहने अनुमान गरिएको छ र यो पाँच सय वर्षमा सबैभन्दा खराब खडेरी हुन सक्ने विशेषज्ञहरूले उल्लेख गरेका छन् । जलवायु परिवर्तनले परिस्थितिलाई थप जटिल बनाइरहेको छ ।

तातो तापक्रमले वाष्पीकरणलाई गति दिने, तिर्खाएका बोटबिरुवाले बढी आर्द्रता लिने र हिउँदमा कम हिमपातले गर्मीयाममा सिँचाइका लागि उपलब्ध ताजा पानीको आपूर्तिलाई सीमित गर्ने अवस्था आएको छ । एपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७