घाँटीमा छुरा हानिएका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर


२८ श्रावण २०७९, शनिबार
Salman Rushdie

न्युयोर्क । शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि अवस्था गम्भीर रहेको जनाइएको छ ।

न्युयोर्क राज्य प्रहरीले छुरा प्रहारको पुष्टि गर्दै उनलाई हेलिकप्टरबाट क्षेत्रीय अस्पताल लगिएको बताएको छ । रुस्दीको अवस्था गम्भीर रहेको र उनलाइ आवश्यक हेरचाह गरिएको गभर्नर क्याथी होचुलले बताइन् ।

आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिएको प्राप्त विवरणमा जनाइएको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए । प्रख्यात कृति ‘द सैटानिक भर्सेस’का कारण उनलाई विगतमा ज्यान मार्ने धम्की आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७