कुखुराको खोरमा चोरी कटानीको काठ


२८ श्रावण २०७९, शनिबार
kath baramad
सांकेतिक तस्विर

महोत्तरी । महोत्तरीको सुदूर उत्तरी चुरे काखको बस्तीमा प्रहरीले कुखुराको खोरमा लुकाइ राखिएको चोरी कटानको साल (साखु) को काठ बरामद गरेको छ ।

बर्दिबास नगरपालिका-११ खयरमारा बस्तीका हीरालाल योञ्जनको कुखुराको खोरमा चिरान गरी ३२ वटा कडी बनाइएको ३५.३८ क्यूबीक फिट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको हो । बरामद काठको मूल्य करिब रु दुई लाख भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

यसैबीच डिभिजन वन कार्यालय महोत्तरीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षा सशस्त्र प्रहरीको संयुक्त गस्ती परिचालन गर्न लागिएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७