यमुना नदीमा डुंगा पल्टिँदा १७ बेपत्ता, तीनको शव फेला


२८ श्रावण २०७९, शनिबार
dunga

नयाँदिल्ली । भारतको बान्दा जिल्लाको यमुना नदीमा एउटा सानो आकारको डुङ्गा पल्टिँदा १७ जना अझै बेपत्ता छन् भने तीन जनाको शव फेला परेको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरुका अनुसार बिहीबार मर्काबाट छिमेकी फतेहपुर जिल्लाको जरौली घाटतर्फ जाँदै गरेको डुङ्गाको एउटा भाग भाँचिएपछि डुङ्गा पल्टिएको थियो । बान्दाका प्रहरी सुपरीटेन्डेन्ट अभिनन्दनले भने, ‘दुई महिला र एक बच्चा गरी तीन जनाको शव बिहीबार निकालिएको छ र १७ जना पौडी खेलेर सुरक्षित स्थानमा पुगेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) र स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) को टोलीले वर्षा र चिप्लो भू-भागका कारण अघिल्लो रात अभियान रोकेपछि आज बिहानदेखि खोजी कार्य पुनः शुरु भएको थियो । प्रहरी नायब महानिरीक्षक (चित्रकूट धाम रेन्ज) विपिन मिश्रले भने, ‘वर्षाका कारण चिप्लो भएको छ, जसले गर्दा उद्धारमा समस्या भइरहेको छ, तर अझै पनि टोलीहरू हराइरहेकाहरूको खोजीका लागि कडा परिश्रम गरिरहेका छन् ।

city
ncll 2

’एनडीआरएफ, एसडीआरएफ र स्थानीय गोताखोरको टोलीले १७ जना हराइरहेका व्यक्तिको खोजी गरिरहेका छन् । हामी सकेसम्म धेरै भन्दा धेरै मानिसहरुलाई उद्धार गर्न सक्दो प्रयास गरिरहेका छौं । बिहानदेखि नै उद्धार कार्य पुनः सुरु भएको छ,’ पटेलले भने । हिन्दुस्तान टाइम्स

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७