त्रिशूली नदीमा ट्रक खस्यो


२८ श्रावण २०७९, शनिबार
trisuli
सांकेतिक तस्विर

चितवन । मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका-५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भाग मात्रै देखिएको छ । ट्रक नदीमा डुबेकोले नम्बर पनि खुलेको छैन ।

अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको एसपी अधिकारीले जानकारी दिए । ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७