२६३ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु


२८ श्रावण २०७९, शनिबार
korona 1

काठमाडौं । नेपालमापछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको १,३९९ पीसीआर र १,७६६ जनाको एन्टीजेन परीक्षणका क्रममा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५०१ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ७५ हजार ३०७ पुगेको छ । उक्त अवधिमा दुई जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ९८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर हाल ५,४३४ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७