छुरा प्रहार गरिएका लेखक सल्मान रुस्दीको आँखा गुम्न सक्ने


२८ श्रावण २०७९, शनिबार
Salman Rushdie

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रमकै बेला छु प्रहार गरिएका चर्चित लेखक सलमान रुस्दीको अवस्था स्थिर रहेको छ ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुस्दीले आँखा गुमाउन सक्ने बताइएको छ । उनको कलेजोमा पनि चोट लागेको छ । साहित्यिक कार्यक्रममा भाग लिइरहेका रुस्दीलाई एक व्यक्तिले साउन २७ गते मञ्चमा उक्लिएर चक्कु प्रहार गरेका थिए । ७५ वर्षीय रुस्दीलाई छुरा प्रहार गर्ने न्यू जर्सीका २४ वर्षीय हल्दी मतार रहेको प्रहरीले जनाएको छ ।

रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको थियो । हमला लगत्तै उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । सन् १९८९ मा ‘द सेटनिक भर्सेस’ पुस्तक प्रकाशित भएको ६ महीनापछि नै इस्लामिक अतिवादीहरूबाट हत्याको धम्की आएको थियो । त्यसयता उनले लगातार खम्की खेपिरहेका छन् ।

लेखक रुस्दी भारतको मुम्बईमा जन्मेका थिए। मुम्बईबाट बेलायत गएका उनले त्यही अध्ययन गरे र त्यहीँका नागरिक भए । रुस्दीले आफ्नो उपन्यास ‘द सेटनिक भर्सेस’ को मुख्य विषयवस्तु आप्रवासी अनुभवलाई बनाएका छन् । तर, केही धार्मिक अतिवादीहरू पुस्तकमा पैगम्बर मोहम्मदबारे लेखिएका अंश र कुरानमाथिका टिप्पणीबाट आहत भएका छन् ।

यो पुस्तक सबैभन्दा पहिले भारतमै प्रतिबन्धमा परेको थियो । त्यसपछि अन्य इस्लामिक मुलुकले पनि प्रतिबन्ध लगाएका थिए । इरानका आयातोल्लाह रुहाल्लाह खामेनेईले उनी विरुद्ध फतवा जारी गरेका थिए। फतवामा उक्त पुस्तक प्रकाशित गर्ने काममा संलग्न सबैको हत्या गर्न भनिएको थियो र हत्यामा संलग्न हुने सबैलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो । फतवा कहिले पनि औपचारिक रूपमा फिर्ता लिइएको थिएन। व्यापक विरोध भएपछि लेखक रुस्दीले मुस्लिमसँग क्षमा मागेका थिए ।

उनको दोस्रो उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ भारतबारे थियो । त्यस्तै, उनको तेस्रो उपन्यास ‘शेम’ पाकिस्तानबारे थियो। त्यसपछि उनले चौथो पुस्तक ‘द ज्यागुअर स्माइल’ लेखेका थिए, जुन निकारागुआको यात्रा विवरण थियो । लेखक रुस्दीमाथिको आक्रमणको संसारभरबाट भ्रत्सना गरिएको छ । संसारभरबाट उनका लाखौं पाठकले स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७